२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारघर-घरमा पुगेर सुर्तीजन्य पदार्थ प्रयोगविरुद्ध सचेतना कार्यक्रम सुरु

घर-घरमा पुगेर सुर्तीजन्य पदार्थ प्रयोगविरुद्ध सचेतना कार्यक्रम सुरु


काठमाडौँ – ललितपुर महानगरपालिकाले चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न आग्रह गर्दै जनचेतना फैलाउन घर-दैलो अभियान सुरु गरेको छ। विश्व धुम्रपान रहित दिवसको अवसर पारेर  महानगरले सो अभियान सुरु गरेको हो।

नगरका जनप्रतिनिधि र नगरप्रहरीले संयुक्तरुपमा संचालन गरेको सो अभियानमा महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुरका प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेल, महानगर प्रहरी प्रमुख सिताराम हाछेथु र अन्य समाजसेवीहरु स्थानीयको घर-घरमा पुगेर धुम्रपान नगर्न अपिल गरेका छन्।

ललितपुर महानगर चुरोट तथा सुर्तीजन्य पदार्थलाई निरुत्साहित गर्न सशक्त ढंगले अघि बढेको छ। महानगरपालिकाले पाटन, पुलचोक, लगनखेल, जावलाखेललाई ‘नो स्मोकिङ जोन’ समेत घोषणा गरिसकेको छ।

यसको साथै अबको १५ दिनमा जिल्लाका हरेक विद्यालयको १०० मिटर वरपर सुर्तीजन्य पदार्थ बेचविखन गर्न नपाइने नियमलाई कार्यान्वयन ल्याइने भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ