काठमाडौं—बज्रवाराही चापागाउँ अस्पतालले मेडिकल अधिकृत, नर्ससहित १४ जना कर्मचारी माग गरेको छ । मंगलबार अस्पतालले एक सूचना प्रकाशित गर्दै अस्पतालका लागि आवश्यक १४ जना कर्मचारी करार सेवाका लागि माग गरेको हो ।
जसमा आठौं तहका मेडिकल अधिकृत २ जना, पाँचौ तहका स्टाफ नर्स २ जना, पाँचौ तहका रेडियोग्राफर ३ जना, पाँचौ तहका मेडिकल ल्याब टेक्नोलोजिष्ट ३ जना माग गरिएको छ ।
यसैगरी, पाँचौ तहका हेल्थ असिस्टेन्ट २ जना, पाँचौ तहको फार्मेसिष्ट १ जना र चौथो तहको कम्प्युटर अपरेटर १ जनाका लागि आवेदन माग गरिएको छ ।
करार दरबन्दीमा लिइने उक्त जनशक्तिका लागि अन्तर्वार्ता मात्रै हुनेछ भने १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
