२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसशस्त्रकी डा. गुरूङलाई सेवाबाट हटाउने तयारी

सशस्त्रकी डा. गुरूङलाई सेवाबाट हटाउने तयारी


काठमाडौं—गृह मन्त्रालयले भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डा. अञ्जु गुरुङलाई हटाउने तयारी गरेको छ । सशस्त्र प्रहरी अस्पतालमा बलम्बुमा कार्यरत डा. गुरुङ साढे दुई महिनादेखि बिदा नलिएर कार्यलय अनुपस्थित रहँदैं आएकी छन् ।

त्यही कारण गृह मन्त्रालयले सूचना प्रकाशित गरेर डा. गुरुङलाई ७ दिनभित्र कारवाही गर्नु नपर्ने कारण भए सफाई पेश गर्न भनेको छ । डा. गुरुङ सशस्त्रको प्राविधिक सेवातर्फकी सशस्त्र प्रहरी निरिक्षक हुन् ।

उनी विदा नलिएर १ चैत २०७८ देखि निरन्तर बिना सम्पर्क कार्यलयमा अनुपस्थित हुँदै आएकी छन् ।

जुन कुरा पदीय जिम्मेवारी एवं आचरण विपरित भएको भन्दैं गृहले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) ‘बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यलयमा अनुपस्थित रहेमा’ अनुसारको कसुर ऐ.नियमावली नियम ११० खण्ड ख (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय कारवाही गर्न लागेको बताइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ