२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी प्रतिष्ठानको प्रवक्तामा प्रा.डा. कृष्णा, अस्पतालको डेपुटी निर्देशकमा डा. जगतनारायण

विपी प्रतिष्ठानको प्रवक्तामा प्रा.डा. कृष्णा, अस्पतालको डेपुटी निर्देशकमा डा. जगतनारायण


काठमाडौं—वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवक्तामा प्रा.डा. कृष्णा पोखरेल नियुक्त भएकी छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले १८ जेठबाट लागु हुने गरी एनेस्थेसियोलोजी विभागकी प्रा.डा. पोखरेललाई प्रवक्तामा नियुक्त गरेका हुन् ।

उपकुलपति डा. गिरीले प्रतिष्ठानको सूचना प्रवाहलाई अझ बढी प्रभावकारी बनाउन प्रवक्ताको जिम्मेवारी डा. पोखरेललाई दिइएको बताए ।

त्यसैगरी, अस्पताल सेवालाई अझ बढी चुस्त र दुरुस्त बनाउन एकजना डेपुटी अस्पताल निर्देशक तथा दुई जना सहायक अस्पताल निर्देशकसमेत नियुक्त गरिएको छ । डेपुटी अस्पताल निर्देशकमा एनेस्थेसियोलोजी विभागका एसोसियट प्रोफेसर डा.जगतनारायण प्रसादलाई नियुक्त गरिएको छ ।

अस्पताल सेवाअन्तर्गत वार्डहरु, ओ.टी र इमर्जेन्सी सेवाहरुको रेखदेख, सुपरिवेक्षण, विकास, विस्तार एवं सुव्यवस्थित संचालनका लागि सहायक अस्पताल निर्देशकमा सर्जरी विभागका एसोसिएट प्रोफेसर डा.लोकेश शेखर जयसवाल र ओ.पी.डी., डेन्टल ओ.पी.डी., ल्याब सेवाहरु र रेडियोलोजी सेवाहरुको रेखदेख, सुपरिवेक्षण, विकास, विस्तार एवं सुव्यवस्थित संचालनका लागि अर्का सहायक अस्पताल निर्देशकमा प्रोस्थोडोन्टिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डा.इन्द्र लिम्बुलाई नियुक्त गरिएको छ ।

‘उहाँहरु तीनै जनालाई १८ जेठदेखि लागु हुने गरी नियुक्त गरिएको हो,’ प्रतिष्ठानका सह—प्रवक्ता डा. चुरामणी पोखरेलले भने, ‘यसले प्रतिष्ठान र अस्पतालका कामहरु थप व्यवस्थित हुने अपेक्षा गरेका छौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ