२०८० मंसीर २४, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअध्ययनका लागि चीन फर्किन नपाएका नेपाली विद्यार्थीको फिर्ती प्रक्रिया सुरू

अध्ययनका लागि चीन फर्किन नपाएका नेपाली विद्यार्थीको फिर्ती प्रक्रिया सुरू


काठमाडौं—चीनमा उच्च शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको फिर्ती प्रक्रिया सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले कोभिड—१९ का कारण सुरु भएको बन्दाबन्दीको कारण अध्ययन बीचमै रोकेर नेपाल फर्किएका विद्यार्थीहरुको फिर्ती प्रक्रिया सुरु भएको जनाएको छ ।

मन्त्रालयकाअनुसार कोभिड—१९ को महामारीमा नेपाल फर्किएका र बन्दाबन्दीकारणले अध्ययन गर्न जान नपाएका २ सय ८१ जना विद्यार्थीलाई पहिलो चरणमा अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरिएको हो ।

चिकित्सा विज्ञानको पढाइ सकेर इन्टर्नसीप बाँकी रहेका विद्यार्थीहरु कोभिड—१९ का कारण नेपाल फर्केका थिए । जो त्यसपछि लामो समयसम्म पनि चीन जान नपाउँदा बढी समस्यामा परेका थिए ।

त्यस्ता विद्यार्थीहरुका लागि सरकारले उच्च तहबाट पहलकदमी लिएर उनीहरुको अध्ययन पूरा गर्नका लागि चीन पठाउने प्रयास अगाडि बढाएको थियो । सोही प्रयासअनुसार चीन फिर्तीको प्रक्रिया सुरु भएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ