२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदुई चरणमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप दिइने

दुई चरणमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप दिइने


काठमाडौँ – सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिने भएको छ। शुक्रबार एक सम्बोधनमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागेको जानकारी दिए।

उनका अनुसार सुरुमा २७ वटा जिल्लामा खोप अभियान संचालन गरिने र त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान संचालन गरिने छ। तोकिएको २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोपको पहिलो मात्रा  र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ।

त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुनेछ।

‘११ वर्षमुनिका बालबालिकालाई दिइने खोप खरिद प्रक्रियामा थियो। जसको मूल्य ६ अर्ब बढी पर्नेमा स्वास्थ्य मन्त्रालयको निरन्तर प्रयास र समन्वयपछि फाइजर खोप कोभ्याक्स सुविधामार्फत नि:शुल्क प्राप्त हुन लागेको हो,’ मन्त्री खतिवडाले भने।

विद्यालयमा हुने खोप अभियानमा सम्पूर्ण अभिभावकलाई ५ देखि ११ वर्षका  बालबालिकालाई  सहभागी गराउन  स्वास्थ्यमन्त्री खतिवडाले  आग्रह गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ