२०८१ भदौ २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेता रामचन्द्र पौडेलको छोरी संज्ञा घरको छतबाट खसेर घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

नेता रामचन्द्र पौडेलको छोरी संज्ञा घरको छतबाट खसेर घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै


काठमाडौँ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको छोरी संज्ञा पोखरेल घरको छतबाट खसेर घाइते भएकी छिन्। सोमबार विहान घरको छतबाट खसेर गम्भीर घाइते भएकी उनको हाल राष्ट्रिय ट्रमा सेन्टरको आइसियुमा  उपचार भैरहेको छ।

५० वर्षीया पोखरेललाई  बेहोस हुनुको साथै नसाहरु पनि नचल्ने अवस्थामा अस्पताल ल्याइएको ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्ट  डा. प्रमोद जोशीले बताए।

‘पोखरेलको गर्दनबाट नसा खोलेर औषधी दिएपछि नसा सुचारु भएको छ। एमआरआइ र सिटि स्क्यान गर्दा मुखका हड्डीहरु, हातखुट्टा र ढाडको करङ पनि भाँचिएको छ, ‘उनले भने ।

 डा. जोसीकै नेतृत्वमा उनको हाल उपचार भैरहेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ