काठमाडौं—नेकपा एमालेका सांसद तथा पूर्व गृहमन्त्री भीमबहादुर रावलले काठमाडौंका जनताको स्वास्थ्य गम्भीर संकटमा परेको बताएका छन् । बिहीबार संसदमा बोल्दैं रावलले काठमाडौंमा फोहोर संकटकाल उत्पन्न भएको बताए ।
‘काठमाडौंको फोहोरलाई व्यवस्थापन नगरी नगरपालिकाको टाउकोमा हालेर आनन्द बस्न मिल्छ, यसमा सरकारकौ कुनै दायित्व हुँदैन् ?,’ उनले प्रश्न गरे, ‘आम जनताको स्वास्थ्य गम्भीर संकटमा परेको छ ।’
उनले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नसक्ने सरकारले कृषिमा आत्मनिर्भर हुन्छु भन्ने हास्यास्पद भएको बताए । ‘यस्ता गफहरुले हुन्छ, पहिले काठमाडौंको फोहोर सफा गरेर देखाउनुहोस्,’ उनले भने ।
रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनतामाथिको स्वास्थ्य संकटलाई ध्यान नदिएर ठूला ठूला आर्थिक वृद्धिका गफ नदिने आग्रह गरे ।