२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षाका स्नातक तहका कार्यक्रममा ३०९ सिट वृद्धि, कुन विषयमा कति सिट बढ्यो

चिकित्सा शिक्षाका स्नातक तहका कार्यक्रममा ३०९ सिट वृद्धि, कुन विषयमा कति सिट बढ्यो


काठमाडौं—चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका स्नातक तहका कार्यक्रममा एक शैक्षिक सत्रमा ३०९ सिट वृद्धि गरेको छ । आयोगको तथ्यांकअनुसार शैक्षिक सत्र २०७७/०७८ को तुलनामा २०७८/०७९ मा स्नातक तहका २१ विषयमा ३०९ सिट वृद्धि भएको हो ।

आयोगले २०७७/०७८ को शैक्षिक सत्रमा स्नातक तहका २१ विषयमा ८२५१ सिट बाँडफाँड गरेको थियो भने शैक्षिक सत्र २०७८/०७९ मा ८५६० सिट निर्धारण गरेर भर्ना प्रक्रिया अगाडि बढाइसकेको छ ।

एमबीबीएसमा ६० सिट वृद्धि गरिएको छ भने बिडिएसमा भने सिट वृद्धि गरिएको छैन । एडल्ट नर्सिङमा गत शैक्षिक सत्रको तुलनामा ४५ सिट वृद्धि गरिएको छ भने पेडियाट्रिक नर्सिङ ४० सिट र साइक्रयाट्रिक नर्सिङ ६ सिटमा यस शैक्षिक सत्रबाट पढाइ सुरु भएको छ ।

यस्तै, विएनएसमा १५० सिट वृद्धि गरिएको छ भने बिएस्सी नर्सिङमा गत शैक्षिक सत्रभन्दा २२० सिट बढाइएको छ । मिडवाइफरी साइन्समा ६०, विफार्मामा २८ सिट बढाइएको छ ।

विपीएचमा गत शैक्षिक सत्रको तुलनामा यस शैक्षिक सत्रमा ९० सिट घटेको छ । बिएसएमएलटीमा १४ सिट, कम्युनिटी नर्सिङमा ३१ सिट, क्रिटिकल केयर नर्सिङमा ८० सिट, विफार्मेसी एसटीसीमा ४० सिट कटौती गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ