काठमाडौँ – राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले १७ औं स्थापना दिवसको अवसरमा देशभर विविध कार्यक्रम गरेको छ ।
शुक्रबार देशभरका विभिन्न जिल्लाका अस्पतालहरुमा फलफूल वितरण, विभिन्न स्थानमा वृक्षरोपण, स्वास्थ्य शिविर र वृहत रक्तदान जस्ता विविध कार्यक्रमको आयोजना गरिएको महासंघका अध्यक्ष डा. झलक गौतमले जानकारी दिए।
काठमाडौँको रानीवनस्थित मानव सेवा आश्रममा स्वास्थ्य शिविर संचालन गर्नुका साथै खाद्यान्न वितरण गरिएको उनको भनाइ छ। काठमाडौँको वीर अस्पताल, बारा जिल्ला, पोखराको रेडक्रस सोसाइटी, बुटवल अस्पताल लगयातको स्थानहरुमा वृहत खुल्ला रक्तदान कार्यक्रम पनि गरिएको छ।
साँझ ६ बजे देशभर नै संघका शाखाहरुमा दिप प्रज्ज्वोलन कार्यक्रम रहेको डा. गौतमले बताए।