२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा १७ जना कोभिड-१९ संक्रमित थपिए, ७ जना संक्रमणमुक्त

नेपालमा १७ जना कोभिड-१९ संक्रमित थपिए, ७ जना संक्रमणमुक्त


काठमाडौं-नेपालमा थप १७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

यससँगै अहिलेसम्म पिसिआर पद्धतिबाट गरिएको परीक्षणमा ९ लाख ७९ हजार २ सय ४२ र एन्टीजेन पद्धतिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ३ सय २२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६७ हजार १ सय ८१ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको छ ।

शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या १ सय ९ जना रहेको छ ।

नेपाल कोभिड—१९ बाट अहिलेसम्म ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ