२०८२ वैशाख ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगंगालाल अस्पतालले माग्यो १ सयभन्दा बढी कर्मचारी

गंगालाल अस्पतालले माग्यो १ सयभन्दा बढी कर्मचारी


काठमाडौँ – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले विभिन्न पदमा १ सयभन्दा बढी कर्मचारी माग गरेको छ। आइतबार विज्ञापन प्रकाशित गरी अस्पतालले बुढुवा, आन्तरिक प्रतिस्पर्धा र खुल्ला प्रतिस्पर्धाबाट स्थायी नियुक्तिका लागि  कर्मचारी माग गरेको हो ।

विशेषज्ञ चिकित्सक, स्टाफ नर्सदेखि प्रशासन अन्य स्वास्थ्यतर्फका जनशक्ति आवश्यकता भएको केन्द्रले जनाएको हो।

विज्ञापनअनुसार आन्तरिक कार्यक्षमता मूल्यांकनका आधारमा बुढुवाका लागि ३८ जना, आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट छनोटका लागि ८ जना, खुल्ला परीक्षामार्फत छनोटका लागि ५७ जना जसमा सबैभन्दा बढी ३० जना स्टाफ नर्स माग गरिएको छ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिन केन्द्रले भनेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ