२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप १५ जना कोभिड पुष्टि, १३ जना निको भए

नेपालमा थप १५ जना कोभिड पुष्टि, १३ जना निको भए


काठमाडौँ – नेपालमा थप १५ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १३ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको छ ।

सोमबार सक्रिय संक्रमितको संख्या १ सय २ रहेको छ ।

नेपाल कोभिड—१९ बाट अहिलेसम्म ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ