२०७९ असार १३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमंकीपक्स संक्रमणको शंकास्पद बिरामी टेकु अस्पतालमा भर्ना

मंकीपक्स संक्रमणको शंकास्पद बिरामी टेकु अस्पतालमा भर्ना


काठमाडौँ – नेपालमा पहिलोपटक  मंकीपक्स भाइरसको संक्रमणको शंकास्पद बिरामी भेटिएका छन्। दुवईबाट आएका २८ वर्षीय  पुरुषमा  परीक्षण गराउँदा मंकीपक्सको लक्षण पाइएको डा. शेर बहादुर पुनले जानकारी दिएका छन्   ।

डा. पुनका अनुसार त्रिभुवनविमानस्थलस्थित हेल्थ डेस्कले उनको परीक्षण गराउँदा मंकीपक्सको आशंका गरेपछि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याइएको छ  ।

संक्रमण पुष्टि गर्नको लागि उनको स्वाबको नमुना राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला लागिएको छ   ।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)