२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिडको मार खेपिरहेको उत्तर कोरियामा फैलियो अर्को ‘घातक’ रोग

कोभिडको मार खेपिरहेको उत्तर कोरियामा फैलियो अर्को ‘घातक’ रोग


कोभिड-१९को कहरबीच उत्तर कोरियामा फेरि अर्को महामारी फैलिएको छ । यो महामारी आन्द्रा सम्बन्धि रोग हो । यो हैजा जस्तै गम्भीर रोग भएको रिपोर्ट गरिएको छ। यससँग जुध्न सैन्य शासक किम जोङ आफैं अगाडि बढेका छन् ।

कोरियाली केन्द्रीय समाचार एजेन्सीका अनुसार यो आन्द्राको महामारीको दक्षिणपश्चिमी हेजु सहरमा कति संक्रमित भएका छन् भन्ने अहिले नै स्पष्ट भइसकेको छैन । समाचार एजेन्सीले यो रोगको नाम नदिए पनि यो सामान्यतया टाइफाइड, डेसेन्टरी र हैजाजस्ता आन्द्रासम्बन्धी रोगहरू दूषित खानेकुरा, पानीमा भएका कीटाणु र सङ्क्रमित व्यक्तिको दिशापिसामा सम्पर्कले लाग्ने गरेको छ । यस्ता रोगलाई ‘इन्टरिक’ भनिन्छ ।

विज्ञका अनुसार उत्तर कोरियामा दादुरा वा टाइफाइडजस्ता रोगको प्रकोप सामान्य होइन । तर, त्यहाँ सरुवा रोग फैलिएको छ।

बिहीबार उत्तर कोरियामा २६ हजारभन्दा बढी मानिसमा ज्वरो र अन्य लक्षण देखिएको थियो । योसँगै अप्रिलदेखि हालसम्म देशमा ४५ लाखभन्दा बढी संक्रमित भेटिएका छन् ।  मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ