२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबालबालिकालाई दन्त शिक्षा तथा परीक्षण

बालबालिकालाई दन्त शिक्षा तथा परीक्षण


दोलखा- बालबालिकालाई दाँत सरसफाई सम्बन्धि नि:शुल्क शिक्षा प्रदान गरिएको छ । शुक्रबार  दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित तिखातल प्रा.वि.का बालबालिकाहरुलाई धुलिखेल अस्पताल, दोलखा अस्पतालको सम्वन्यमा  दन्त परीक्षण गरिएको हो ।

धुलिखेल अस्पताल, दोलखा अस्पतालमा कार्यरत चिकित्सकहरु विद्यालयमै पुगेर दाँत कसरी सफा राख्न सकिन्छ ? र दाँत फोहोर भएमा कस्ता कस्ता रोगहरु लाग्न सक्छ भन्ने विषयमा दन्त शिक्षा दिएका थिए । साथै बालबालिकाहरुलाई प्रयोगात्मक रुपमा दाँत सफाई गर्न सिकाएका थिए ।

तिखातल आधारभूत विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीको दाँत परीक्षण गरिएको धुलिखेल अस्पताल, दोलखा अस्पतालका जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले बताउनुभयो । साना उमेरदेखिनै दाँत सफाई सही तरिकाले गर्न नसकेमा दाँत किराले खाने प्रवल सम्भावना हुन्छ ।

बालबालिकाहरु चक्लेट बढी खाने भएकाले पनि दाँत किराले खाने सम्भावना हुन्छ । तसर्थ बालबालिकाको दाँत सम्बन्धि रोगहरुबाट बच्न र बचाउनको लागि अभियानकै रुपमा शिविर सञ्चालन गरिएको बताउनु जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए ।

यसअघि पनि धुलिखेल अस्पताल, दोलखा अस्पतालले राजकुलेश्वर आधारभूत विद्यालयका ७५ जना र एपेक्स वोर्डिङ स्कुलका १०५ जना विद्यार्थीको दाँत परीक्षण गरिएको थियो । यस अभियानमा जनस्वास्थ्य अधिकृत शिर्षक शाही, डाक्टर अनिशा खड्का, डाक्टर एलिना खिम्बजा, डाक्टर सेलिन पोख्रेल, डाक्टर मोनिसखा प्रधान र नर्स शर्मिला थापाको भूमिका रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ