२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशिक्षण अस्पतालले ग-यो स्वास्थ्य बीमा कार्यक्रम स्थगित

शिक्षण अस्पतालले ग-यो स्वास्थ्य बीमा कार्यक्रम स्थगित


काठमाडौँ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ। शुक्रबार अस्पतालले सूचना जारी गरी सरकारबाट बीमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको जानकारी दिएको हो।

गत मङ्सिर देखि संचालित स्वास्थ्य बीमा कार्यक्रमअन्तरर्गत विमितको सेवावापत स्वास्थ्य बीमा बोर्डले  भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि  भुक्तानी  नगरेकोले कार्यक्रम नै स्थगित गर्न परेको अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेका अनुसार १५ असारदेखि अर्को सुचना प्रकाशित नभएसम्म लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम स्थगित हुनेछ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ