२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविज्ञ भन्छन् : बालबालिकालाई लगाउने कोभिड-१९ विरुद्धको खोप सुरक्षित

विज्ञ भन्छन् : बालबालिकालाई लगाउने कोभिड-१९ विरुद्धको खोप सुरक्षित


काठमाडौँ – सरकारले ९ असारदेखि लगाउन सुरु गर्ने कोभिड-१९ विरुद्धको खोप सुरक्षित रहेको विज्ञहरुले बताएका छन्। शुक्रबार स्वास्थ्य पत्रकार मन्च, नेपाल र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रले संयुक्त रुपमा आयोजना गरेको कोभिड विरुद्धको भ्याक्सिन प्रवर्धन तथा कोभिड -१९ को रोकथाम नियन्त्रणसम्बन्धित अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले उक्त जानकारी दिएका हुन्।

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले खोप सुरक्षित रहेको प्रमाणित भैसेको हुँदा सबैतिरबाट सुरक्षित भएकोले तोकिएको सबै उमेरको बालबालिकाले खोप लगाउनु पर्ने बताए। उनले कोभिड महामारीको सम्भावना टारी नसकेको भन्दै सबैले नेपालीले खोप लगाएर सुरचित रहन पर्ने बताए।

पत्रकारहरुलाई खोपको विषयमा सकारात्मक सूचना सम्प्रेषण जारी जन लहर सृजना गर्न समेत उनके आग्रह गरेका छन् ।

स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रका निर्देशक सुनिल राज शर्माले नेपालमा खोप कभरेज उल्लेख्य हुनुमा संचार क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै अबको खोप अभियानलाई पनि त्यसरी नै अघि बढाउनु पर्ने बताए।

खोप अभियान संचालन हुने २७ वटा जिल्लाका प्रत्येक विद्यालयमा खोप कार्यक्रम हुने र खोप सम्बन्धि कुनै अवान्क्षित लक्षण देखिएमा तत्काल उपचारका लागि टिम तयारी अवस्थामा राखिएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालले उल्लेख गरे ।

सबै लक्षित बालबालिकाले सहजरुपमा खोप पाउने व्यवस्था मिलाएको उनको दावी छ ।

स्वास्थ्य शिक्षा प्रशासक डा. भक्त केसीले खोप अभियान संवेदनशील विषय भएको हुँदा संचारकर्मीहरुले सहि सूचना मात्र सम्प्रेषण गर्न अनुरोध गरे । स्वास्थ्य पत्रकार मन्च, नेपाल  र सूचना केन्द्रको संयुक्त आयोजनामा लुम्बिनी प्रदेश र मधेश प्रदेशमा पनि खोप अन्तरक्रिया कार्यक्रम हुने तयारी गरिएको छ।

यी हुन्  पहिलो चरणमा  खोप अभियान संचालन हुने २७ जिल्लाहरु :-

प्रदेश नं :- १ झापा, इलाम, सुनसरी, मोरङ

मधेश प्रदेश :- सप्तरी, सिराहा, धनुषा, महोत्तरी, पर्सा

बागमती प्रदेश :- मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलानचोक, काठमाडौं, भक्तपुर, ललितपुर

गण्डकी प्रदेश :-कास्की, नवलपरासी पूर्व

लुम्बिनी प्रदेश :- नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके, बर्दिया

कर्णाली प्रदेश :- सुर्खेत

सुदुरपश्चिम प्रदेश :- कैलाली, कन्चनपुर, डडेलधुरा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ