२०८० मंसीर १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबढी रिसाउनु पनि डिप्रेशनको लक्षण, अन्य संकेत के-के हुन् ?

बढी रिसाउनु पनि डिप्रेशनको लक्षण, अन्य संकेत के-के हुन् ?


आजकल डिप्रेशन जस्ता विषयमा धेरै चर्चा भइरहेका छन् । एक दशकअघिसम्म डिप्रेशनलाई रोग मानिन्थ्यो । डिप्रेशनलाई अक्सर थकान, मस्तिष्क थकान र पागलपनको रूपमा बेवास्ता गरिएको थियो। डिप्रेशन यस्तो अदृश्य रोग हो जसले अन्य धेरै शारीरिक रोगहरुलाई जन्म दिन्छ र सामाजिक रुपमा पनि धेरै असर गर्छ । डिप्रेशन कसैलाई पनि हुनसक्छ, सामान्य देखिने खुसी मानिस पनि यसको सिकार हुन सक्छन्। तसर्थ, यसको लक्षणहरू समयमै पहिचान गर्नुपर्छ ताकि यसले भविष्यमा कुनै गम्भीर रुप नलियोस ।

आउनुहोस्, जानौं तपाई डिप्रेसनमा जाँदै हुनुहुन्छ भनेर देखाउने यी लक्षणहरु बारे…

बिना कारण दुखि हुनु

यदि विना कारण दुख महसुस भइरहेको छ भने ध्यान दिनुहोस्। पहिले दुःखको कारण पहिचान गर्ने प्रयास गर्नुहोस्। यदि छैन भने त्यसपछि अन्य लक्षणहरू हेर्नुहोस् र मनोचिकित्सकलाई देखाउनुहोस् ।

सबै समय थकित अनुभूति हुनु

डिप्रेसन भएका व्यक्तिलाई   ओछ्यानबाट उठ्ने मननहुने,  सधैं थकित अनुभूति गर्ने र कसैलाई भेट्न रुचि नहुने हुन्छ। या त उनी पटक्कै सुत्दैनन् र कहिलेकाहीँ धेरै सुत्छन्।

विना कारण रिसाउने

विना प्रसङ्ग रिसाउनु, झिझिनु र राम्रा कुरामा पनि बहस गर्नु, कुनै पनि कुरामा झगडा गर्नु, रुनु, चिच्याउनु र घण्टौंसम्म एक्लै बसेको महसुस गर्नु पनि डिप्रेशनको संकेत हो ।

शरीरभरिको ठाउँ ठाउँमा दुखाइ

कहिले ढाड दुख्ने त कहिले टाउको दुख्ने । शरीरको जुनसुकै भागमा दुखाइ हुन सक्छ। यो दुखाइ मानसिक तनावका कारण हुन्छ र छिट्टै निको हुन्छ । तर, यदि लगातार ढाड दुख्ने हो भने यो डिप्रेसन हुन सक्छ।

आत्महत्या गर्ने विचार

सानातिना कुरामा जीवन समाप्त गर्ने सोच मनमा आउँछ। आफूलाई कहिल्यै चोट पु-याउने। जिउने कुनै कारण छैन जस्तो लाग्छ।

कुनै कुरामा ध्यान दिन नसक्नु

कुनै कुरामा ध्यान दिन नसक्नु ।  काममा फोकस गर्न नसक्नु र दोहोरिएको त्रुटि हुने र पटक-पटक गडबड हुने पनि यसको संकेत हुनसक्छ।  १०० सम्म गन्दा पनि गणना गर्न कठिनाई हुन्छ ।

भोक नलाग्ने

भोक मर्ने र  मनपर्ने खाना अगाडि आउँदा पनि इच्छाको कमी हुने हुन्छ। यस्ता व्यक्तिको तौल पनि घट्न थाल्छ र चिडचिडा हुन थाल्छ ।

केहि नराम्रो हुनेछ भनेर सोच्न आउनु

एक्कासी डर लाग्ने । उज्यालोमा आउन डर लाग्छ। सबै कुराको अन्त्य हुन लागेको अनुभूति हुन्छ । अचानक पसिना आउँछ र केहि नराम्रो हुन लागेको जस्तो देखिन्छ। घर बाहिर निस्कन डराउने र  मानिसहरू भेट्न हिचकिचाउने पनि डिप्रेशनको लक्षण हुनसक्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ