२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५८ वटा विदेशी औषधी डब्लुएचओ–जिएमपी अडिटका लागि स्वीकृत

५८ वटा विदेशी औषधी डब्लुएचओ–जिएमपी अडिटका लागि स्वीकृत

अभाव भइराख्ने औषधी प्राथमिकतामा


काठमाडौं – औषधी व्यवस्था विभागले नयाँ औषधी दर्ता एवं गुणस्तर एकिनका लागि ५८ वटा विदेशी औषधी कम्पनी छनौट गरेको छ। सोमबार भएको सचिवस्तरको निर्णयअनुसार ५८ वटा विदेशी औषधी उद्योग कम्पनीलाई छनौट गरिएको विभागका सूचना अधिकारी वरिष्ठ औषधी व्यवस्थापक सन्तोष केसीले जानकारी दिए ।

 ‘पहिला देखि नै दर्ता भएर औषधी निर्यात भैरहेको औषधी कम्पनी र अस्पतालमा अभाव भैरहने गम्भीर उपचारमा प्रयोग हुने औषधीहरु निर्माण गर्ने कम्पनीहरुलाई प्राथमिकतामा राखेर विभागले छानेको हो,’ सूचना अधिकारी  केसीले भने । छानिएका मध्ये  आयुर्वेदिक औषधी, एनआइसियु, आइसियूमा उपयोग हुने औषधी र भेटनरी सम्बन्धि औषधी निर्माण गर्ने कम्पनीहरु रहेको उनको भनाइ छ।

केसीले विदेशी उद्योगको डब्लुएचओ–जिएमपी निर्देशिकाअनुसार अडिट/निरीक्षण कार्यक्रमका लागि प्राप्त करिब ३०० आवेदनमध्ये ५८ कम्पनीलाई छनोट गरिएको जानकारी दिए ।

विभागले पछिल्लो तीन वर्षदेखि जीएमपी अडिट गर्न नसकेको बताउँदै उनले भने, ‘कोभिड महामारीका कारण अडिटमा ढिलाइ भएको थियो । अहिले बल्ल आएर बङ्गलादेश र भारतका ५८ वटा औषधी कम्पनीलाई छनौट गर्न सकिएको छ।’

यी हुन् ५८ वटा विदेशी औषधी कम्पनी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ