२०८२ असार २९, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँमा थप २ जनामा हैजा संक्रमण

काठमाडौँमा थप २ जनामा हैजा संक्रमण


काठमाडौँ – काठमाडौँमा थप २ जनामा हैजा संक्रमण पुष्टि भएको छ । बुधबार विहान जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले पत्रकार सम्मेलन गर्दै काठमाडौंको भोटेबहालमा पसल गरेर बस्ने एक जना र डिल्ली बजारका एक जनामा हैजा पुष्टि भएको जनाएको हो।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले संक्रमित दुवै जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपालमा उपचार भइरहेको जानकारी दिए। यसअघि बागबाजारमा बस्दै आएका २ जना दिदीबहिनीलाई हैजा देखिएको थियो।

स्वास्थ्य कार्यालयले हैजाको फैलावट र रोकथाम बारे बुझ्न इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासित सम्वन्य गरी गठन गरेको अन्वेषण टोलीले जाँच गरिरहेको उनको भनाइ छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ