२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबालबालिकालाई आजदेखि कोभिड-१९ विरुद्धको पहिलो डोज खोप दिइदैं

बालबालिकालाई आजदेखि कोभिड-१९ विरुद्धको पहिलो डोज खोप दिइदैं


काठमाडौं—सरकारले आजबाट ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिइदैंछ । पहिलो चरणअन्तर्गत २७ वटा जिल्लाका १९ लाख बालबालिकालाई १५ गतेसम्म पहिलो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार २ देखि ८ साउनसम्म दोस्रो मात्रा खोप दिइनेछ । पहिलो चरणमा प्रदेश १ मा झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा, मधेश प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी जिल्लामा खोप लगाइदैंछ ।

त्यसैगरी, बागमती प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप दिइदैंछ भने गण्डकी प्रदेश कास्की, नवलपरासी पूर्व, कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइदैंछ ।

बालबालिकालाई विद्यालयमा रहेको खोप केन्द्रमार्फत खोप लगाइने केन्द्रले जनाएको छ । दोस्रो चरणमा बाँकी रहेका ५० वटा जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइदैंछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ