२०७९ असार १३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुुको जिम्मेवारी डा. प्रमोद यादवलाई

राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुुको जिम्मेवारी डा. प्रमोद यादवलाई


काठमाडौं—राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रमोद यादव नियुक्त भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा. यादवलाई ट्रमा मेसुको जिम्मेवारी दिएका हुन् ।

यसअघि ट्रमाका निमित्त मेसु रहेका डा. प्रमोद जोशी प्रस्तावित गेटा मेडिकल कलेज अस्पतालको निर्देशक भएर धनगढी सरुवा भएका छन् । उनको ठाउँमा डा. यादवलाई ल्याइएको हो ।

१० औं तहका डा. यादव यसअघि जनकपुर प्रादेशिक अस्पतालका मेसु थिए । उनी यसअघि पनि ट्रमाको मेसु रहिसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)