२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ संक्रमणको ग्राफ उकालो लाग्दैं, एकैदिन थपिए ४९ जना संक्रमित

कोभिड-१९ संक्रमणको ग्राफ उकालो लाग्दैं, एकैदिन थपिए ४९ जना संक्रमित


काठमाडौं—पछिल्लो समय घट्दैं गएको कोभिड-१९ संक्रमण पुनः उकालो लाग्न थालेको देखिएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४९ जना कोभिड-१९ संक्रमित थपिएको विवरण सार्वजनिक गरेको हो ।

बुधबार ३१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको थियो ।

यससँगै अहिलेसम्म पिसिआर पद्धतिबाट गरिएको परीक्षणमा ९ लाख ७९ हजार ४ सय ५७ जना र एन्टीजेन पद्धितबाट गरिएको परीक्षणमा १ लाख ४० हजार ४ सय ९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२ जना कोभिड-१९ संक्रमित संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६७ हजार ३ सय ४२ जना रहेको छ ।

अहिले नेपालमा १ सय ६३ जना सक्रिय संक्रमित रहेका थिए ।

कोभिड-१९ कारण नेपालमा ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ