२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबिमितहरूलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बिमा बोर्डको आग्रह

बिमितहरूलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बिमा बोर्डको आग्रह

चालु आर्थिक वर्षमा मात्रै ८ अर्ब १३ करोड भुक्तानी दिएको बोर्डको भनाइ


काठमाडौं—केही अस्पतालहरुले स्वास्थ्य बिमा कार्यक्रम लागु नगर्ने भन्दै सार्वजनिक गरिरहेका बेला स्वास्थ्य बिमा बोर्डले भने बिमितहरुलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेको छ । बोर्डले समयमा भुक्तानी नदिएको भन्दैं केही सरकारी तथा निजी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने घोषणा गरेका बेला बोर्डले सबै भुक्तानी हुने भन्दैं बिमितहरुलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेको हो ।

बिहीबार बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले विज्ञप्ति जारी गर्दै जनशक्ति अभावका कारण चालु आर्थिक वर्षको जेठ १५ सम्म १८ लाख ५१ हजार ९ सय ३५ वटा दावीलाई प्राथमिकताका साथ परीक्षण गरिरहेको बताएका छन् । उनले आगामी आर्थिक वर्षमा वैज्ञानिक परीक्षण प्रणाली अपनाएर बिमाको भुक्तानीलाई सहज बनाउने समेत जनाएका छन् ।

‘हाल केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले आर्थिक वर्षको अन्त्यमा भुक्तानी नहुने हो कि भन्ने आशंकामा सेवा स्थगन गरिनेछ भन्ने सूचना प्रकाशित गरेको पाइएको छ । तर, स्वास्थ्य बिमा कोष व्यवस्थापन तथा संचालन कार्यविधी, २०७८ अनुसार स्वास्थ्य बिमा कोष स्थापना भएर बोर्डबाट प्राप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था छ,’ बोर्डको विज्ञप्तिमा छ, ‘र, परीक्षण भएका दावीहरुको बाह्रै महिना भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।’

बोर्ड आर्थिक वर्ष ०७८/०७९ मा विगत वर्षका बाँकी रहेका १९ लाख ९ हजार ५७ संख्याका र चालु आर्थिक वर्षका ३३ लाख ७५ हजार ८३७ गरी ५२ लाख ८४ हजार ८ सय ८ सय ९१ संख्याका दावी परीक्षण गरेर ८ अर्ब १३ करोड भुक्तानी गरेको जनाएको छ ।

स्वास्थ्य बिमा कार्यक्रममार्फत सरकारले प्रति परिवार ३ हजार ५ सय रुपैयाँ तिरेर १ लाखसम्मको उपचार सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ