२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेवाग्राहीलाई अभद्र गाली गर्ने लहान अस्पतालका कर्मचारी निलम्बित

सेवाग्राहीलाई अभद्र गाली गर्ने लहान अस्पतालका कर्मचारी निलम्बित


काठमाडौं- प्रादेशिक अस्पताल, लहानले सेवाग्राहीमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई निलम्बन गरेको छ। अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै नायव सुब्बा बासुदेव महतोलाई बिहीबारदेखि निलम्बन गरेको हो।

बुधबार लहान अस्पताल बिमा फाटमा बस्ने नायव सुब्बा बासुदेव महतोसँग सेवा ढिला भएको भन्दै सेवाग्राहीले गुनासो गरेपछि उनले दुर्व्यवहारको साथै अपशब्द बोलेका थिए । हाल उनले सेवाग्राहीमाथि गरेको अभद्र व्यवहारको भिडियो सामाजिक संजालमा भाइरल पनि भैरहेको छ।

‘अस्पताल जस्तो क्षेत्रमा कर्मचारीद्वारा सेवाग्राहीसँग अकल्पनीय र अमर्यादित घटनाप्रति अस्पताल प्रशासन अत्यन्त गम्भीर र संवेदनशील छ’ ,विज्ञप्तिमा उल्लेख छ।

घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन अस्पतालले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ। विवादित महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ