२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहृदयघातपछि मुटु पहिले जस्तै स्वस्थ राख्न सकिने दावी, मुसामा परीक्षण सफल 

हृदयघातपछि मुटु पहिले जस्तै स्वस्थ राख्न सकिने दावी, मुसामा परीक्षण सफल 


हृदयघातपछि पनि तपाईको मुटु पहिले जस्तै स्वस्थ रहन सक्छ। युनिभर्सिटी अफ क्यालिफोर्नियाले हालै गरेको एक अनुसन्धानमा उक्त खुलासा भएको विज्ञहरुको दावी छ।

वैज्ञानिकहरूले अनुसन्धानमा पत्ता लगाएका छन् कि हृदयघातबाट मृत कोषिकालाई हर्मोनमार्फत पुनर्जीवित गर्न सकिन्छ। मृत कोषिकाहरु पूर्ण रूपमा प्राकृतिक हुनेछन्। जुन जीन थेरापी प्रक्रियाको मामिलामा पनि धेरै लाभदायक साबित हुनेछ। अहिलेसम्म यो प्रयोग मुसामा गरिएको छ । मानिसमा यसको परीक्षण हुन बाँकी छ ।

टेक्सासको ह्युस्टन विश्वविद्यालयका जीवविज्ञानी रोबर्ट श्वार्ट्ज भन्छन्, ‘यति हदसम्म कसैले पनि गर्न सकेको छैन र हामीलाई लाग्छ कि यो मानिसको लागि सम्भावित उपचार हुन सक्छ।’

यदि यो परीक्षणले मानिसमा कामगरेमा यसले हृदयघात भएका मानिसहरूलाई बचाउन र जीवन लम्ब्याउने बाटो खोल्न सक्ने विज्ञहरुको विश्वास छ। मुसामा गरिएको यो प्रयोगमा सिन्थेटिक मेसेन्जर रिबोन्यूक्लिक एसिडको प्रयोग गरिएको छ । यस प्रविधिमा एमआरएनएले डिएनएको अनुक्रमहरूको ‘ब्लूप्रिन्ट’ सिर्जना गर्दछ, जुन शरीरले प्रोटीन बनाउन प्रयोग गर्दछ । प्रोटीनहरूले हाम्रो कोषिकाहरु निर्माण र नियन्त्रण गर्दछ।

यसो गर्नुको उद्देश्य एमआरएनएले परिवर्तन गरेर विभिन्न जैविक प्रक्रियाहरूको लागि फरक निर्देशन दिनु हो। यो सन्देश दुई तरिकामा उत्पन्न हुन्छ। पहिलो स्टेमिन मार्फत र दोस्रो YAP5SA मार्फत। यी दुवै हर्मोनले मुटुको मांसपेशीको कार्डियोमायोसाइट्स सक्रिय गर्छ। यसले मरेका मुटुका कोषिकाहरुलाई पुनर्जीवित गर्न मद्दत गर्छ। वैज्ञानिकहरू मृत कोषिकाहरूलाई नयाँ कोषिका बनाउन चाहन्छन्।

हृदयघात एक गम्भीर रोग हो। विश्वभर हुने कुल मृत्युको एक चौथाइ हृदयरोगले ओगटेको छ । विगत २० वर्षमा मुटु रोगका कारण मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी भएको छ । सन् २०१९ सम्ममा यो संख्या ९० लाख पुगेको छ ।

एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ