२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनवनियुक्त स्वास्थ्यमन्त्री खापुङ र स्वास्थ्य राज्यमन्त्री केसीले लिए सपथ

नवनियुक्त स्वास्थ्यमन्त्री खापुङ र स्वास्थ्य राज्यमन्त्री केसीले लिए सपथ


काठमाडौं—नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार विहान राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा मन्त्री खापुङलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

नवनियुक्त स्वास्थ्यमन्त्री खापुङ नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि उनी स्वास्थ्य राज्यमन्त्री रहेका थिए ।

यस्तै, एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको सपथ लिएका छन् ।

हीराचन्द्र केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीका रुपमा सपथ लिएका छन् । नवनियुक्त मन्त्रीले आजै पदभार सम्हाल्दैंछन् ।

समाजवादीले आइतबार स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमार झाक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको थियो । पुरानो टिम फिर्ता बोलाएसँगै नेकपा एसबाट गठबन्धन सरकारमा प्रतिनिधित्व गर्न नयाँ टिमले सपथ लिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ