२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवा चुस्तदुरुस्त बनाउँछु : स्वास्थ्यमन्त्री

स्वास्थ्य मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवा चुस्तदुरुस्त बनाउँछु : स्वास्थ्यमन्त्री

दीर्घरोगका बिरामीको उपचार सर्वसुलभ र सहज रुपमा गर्ने कुरा प्राथमिकतामा


काठमाडौं—नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवा चुस्त दुरुस्त बनाउने पहलकदमी लिने बताएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि संवाददाताहरुसँग छोटो प्रतिक्रिया दिदैं उनले मन्त्रालय मातहतका निकायबाट जनतालाई पु¥याउने सेवा चुस्त दुरुस्त बनाउने बताए ।

‘स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट जनतालाई पु¥याउने सेवालाई चुस्त दुरुस्त बनाउने कुरामा पहलकदमी हुन्छ,’ मन्त्री खापुङले भने ।

मन्त्री खापुङले गाउँका दूदराजका कतिपय ठाउँमा सामान्य रोगको पनि उपचार नपाएर, जानकारी नभएर वा रोग पत्ता नलागेका कारण र हस्पिटल जान नसकेका कारण मृत्यु हुने बिरामीलाई केन्द्रीत गरेर गाउँ क्षेत्रमा स्वास्थ्य शिविर लैजाने कुरा प्राथमिकतामा रहने पनि जानकारी दिए ।

त्यसैगरी, उनले केही डरलाग्दा रोगहरु क्यान्सर, मुटु रोग, मिर्गौला रोगका बिरामीहरुलाई सेवा पु¥याउने, राज्यको साधन स्रोतले भ्याएसम्म सर्वसुलभ र सहज रुपमा ती रोगका बिरामीहरुको उपचार गर्ने कुरा आफ्नो प्राथमिकतामा रहने बताए ।

स्वास्थ्यमन्त्रीका रुपमा नयाँ जिम्मेवारी पाएको उल्लेख गर्दै उनले यसअघि राज्यमन्त्री रुपमा पनि आफूले मन्त्रालयमा काम गरिसकेको बताए ।




क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ