२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपी प्रतिष्ठानको अल्टिमेटम, २० असारसम्म रकम भुक्तानी नभए स्वास्थ्य बिमा स्थगन

विपी प्रतिष्ठानको अल्टिमेटम, २० असारसम्म रकम भुक्तानी नभए स्वास्थ्य बिमा स्थगन


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमा कार्यक्रम स्थगन गर्ने चेतावनी दिएको छ । सोमबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सूचना जारी गर्दै २० असारसम्म बिमा बोर्ड पाउनुपर्ने भुक्तानी नपाए बिमितहरुलाई दिइने स्वास्थ्य सेवा स्थगन गर्ने बताएका छन् ।

‘स्वास्थ्य बिमा बोर्डले प्रतिष्ठानलाई प्रदान गर्नुपर्ने सम्पूर्ण दावी रकमको भुक्तानी अबिलम्ब गर्नुका साथै उठान गरिएका समस्या समाधान यथाशीघ्र नगरिए बिमितहरुलाई प्रतिष्ठानले बहिरंग, आकस्मिक तथा अन्तरंगअन्तर्गत दिइने सम्पूर्ण सेवाहरु अर्को सूचना नहुन्जेलका लागि मिति २०७९/०३/२० गतेदेखि स्थगन गरिने जानकारी गराइन्छ,’ डा. गिरीले जारी गरेको सूचनामा छ ।

प्रतिष्ठानले ०७४ साउनदेखि स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको हो । स्वास्थ्य बिमा गरेको बिमितहरुको उपचार वापत पाउनुपर्ने रकम समय नपाएका कारण प्रतिष्ठान आर्थिक संकटबाट ग्रुजिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले बिमा बोर्डले दावीहरुलाई कम भ्यालुएसन गर्ने तथा रिजेक्सन गर्ने कार्य गरेको र प्रतिष्ठानले प्रदान गरेको उपचार वापतको खर्चलाई एकतर्फी रुपमा रद्ध गरी अन्याय गरेको आरोप समेत लगाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ