२०८० मंसीर १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारड्युटी सकेर फुटपाथमा हिडिरहेका चिकित्सकमाथि कुटपिट

ड्युटी सकेर फुटपाथमा हिडिरहेका चिकित्सकमाथि कुटपिट

कारवाहीको माग गर्दै प्रहरी परिसरमा निवेदन


काठमाडौं- डा. कुलबहादुर घिसिङमाथि कुटपिट भएको भन्दै उनका आफन्तले कारवाहीको माग गर्दै जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन निवेदन दिएका छन्। आइतबार ड्यूटी सकेर ललितपुर एकान्तकुना यातायातको बाटोमा हिँडिरहेको क्रममा एक प्रहरी जवानले डा. घिसिङमाथि कुटपिट भएको भन्दै उनका दाइले निवेदन दिएका हुन्।

निवेदनमा भनिएको छ, ‘१२ असार राति ८ :४५ बजे फुटपाथको बाटोमा हिडी ड्युटी सकेर घर फर्कने क्रममा मापसेको चेक गर्ने एक जवान ट्राफिक प्रहरीले कसुर बेगर ढेस्सिएर किन आएको भन्दै कुटपिट हातपात गरी रगताम्य पारी, डाक्टर हुँ किन यस्तो गरेको भनि कार्ड देखाउँदा समेत कुरै नसुनी कुटपिट गरी भाईलाई घाइते पारी हाल अल्का अस्पतालबाट उपचार भइरहेको छ।’

No description available.

 

 

सर्लाही घर भएका चिकित्सक पुल्चोकस्थित आरोग्य फाउन्डेसनमा कार्यरत छन्। आक्रमण गर्ने ट्राफिक प्रहरी राजेन्द्र थापालाई आवश्यक कारबाही गर्न र घाइते चिकित्सकलालाई उपचार खर्च दिन माग उनले माग गरेका छन् ।

त्यस्तै, डा. कुलबहादुर घिसिङले ध्यानाकर्षण गराउन नेपाल चिकित्सक संघलाई निवेदन दिएका छन् । उनले चिकित्सहरुको काम गर्ने वातावरण नभएको भन्दै संघलाई घटनाका बारे जानकारी दिंदै संघलाई निवेदनमार्फत ध्यानाकर्षण गराएका हुन्।

No description available.

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ