२०७९ साउन २३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशिक्षण अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने

शिक्षण अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने


काठमाडौँ –  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगन नगर्ने भएको छ । बुधबार अस्पतालले विज्ञप्ती जारी गर्दै बीमा कार्यक्रमलाई निरन्तरता दिने जनाएको हो ।

अस्पतालले गत साता सरकारबाट बीमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम १५ असारबाट स्थगन गर्ने निर्णय गरेको थियो। तर, स्वास्थ्य बीमा बोर्डले पत्रचार गरी स्वास्थ्य बीमा सम्बन्धी समस्यालाई यथाशीघ्र सम्बोधन गर्न बैठक बसेको र चिकित्सकहरुसँग छलफल गरी समस्या समाधानका प्रक्रियाहरु अघि बढिसकेको जनाएपछि यसलाई निरन्तरता दिने अस्पतालले जानकारी गराएको हो।

सरकारले बीमितहरुको उपचार बापत भुक्तानी नपाएको भन्दै अस्पतालहरुले बीमा कार्यक्रम स्थगित गर्ने तरखर गरेका छन्। लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालहरुको गुनासो छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)