२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य राज्यमन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्स-रे डीआर मेसिनको उद्घाटन

स्वास्थ्य राज्यमन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्स-रे डीआर मेसिनको उद्घाटन


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा एक्स-रे डीआर मेसिनको उद्घाटन गरेका छन् । बुधबार मन्त्री केसीले उक्त मेसिनको उद्घाटन गरेका हुन्।

उद्घाटन गर्दै उनले भने, ‘यस उपकरणको पूर्ण उपयोग गर्न सके ट्रमाका बिरामीले राहत पाउने छन् । ट्रमा सेन्टरलाई एमआरआई मेसिन उपलब्ध गराउन पहल थाल्ने छौँ ।’ यसका साथै स्वास्थ्य राज्यमन्त्री केसीले ट्रमामा २५ बेडको आइसियू बनाउन पहल गर्ने प्रतिवद्दता व्यक्त गरे।

एक्सरे डीआर मेसिनको लागत एक करोड ५० लाख रहेको ट्रमा सेन्टरका निमित्त  मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कुमार यादवले बताए । सो मेसिन अटोमेटिक हुनुको साथै प्रविधिमैत्री डीजीटलाइज्ड रेडियोग्राफी उपकरण भएकोले बिरामीहरुको प्रभावकारी ढंगले इमेज खिच्न सकिने ट्रमाका सूचना अधिकारी अर्जुनप्रसाद भेटुवालले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ