२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षामा तोकिएभन्दा बढी शुल्क लिइएमा कारवाही गर्छौं : शिक्षामन्त्री पौडेल

चिकित्सा शिक्षामा तोकिएभन्दा बढी शुल्क लिइएमा कारवाही गर्छौं : शिक्षामन्त्री पौडेल


काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षातर्फका सँस्थाहरुले कानुनविपरीत तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएको खण्डमा कारवाही हुने जनाएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री पौडेलले पहिला नै शुल्क निर्धारण भन्दा बढी शुल्क नलिने निर्णय भैसकेको हुँदा बढी शुल्क लिएको प्रमाणित भएको खण्डमा सरकार कारवाही गर्न प्रतिवद्द रहेको जनाएका हुन्।

‘अहिलेसम्म चिकित्सा शिक्षाका संस्थाले बढी शुल्क लिएको सूचना हामीलाई प्राप्त छैन, ‘यदि बढी शुल्क लिएको व्यक्ति वा संस्था अवागत भए हामीलाई  जानकार गराउनुहोस्, ‘उनले भने।

चिकित्सा शिक्षासम्बन्धी सबै विषय चिकित्सा शिक्षा आयोगले हेर्ने भएको र विश्वविद्यालयका हकमा सम्बन्धित विश्वविद्यालयको कार्यकारीले निर्णय गर्ने प्रक्रिया अघि बढाउनुपर्ने शिक्षामन्त्री पौडेलको भनाइ छ ।

 विश्वविद्यालयमा तालाबन्दी र हड्ताल गर्ने कार्य गलत भएको बताउँदै मन्त्री पौडेलले कुनै पनि समस्या उत्पन्न भएमा आपसी संवादबाट हल गर्नुपर्ने उल्लेख गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ