२०८१ माघ २५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँमा थप दुई जनामा हैजा पुष्टि

काठमाडौँमा थप दुई जनामा हैजा पुष्टि


काठमाडौं- काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा पुष्टि भएको छ । कागेश्वरी मनोहरा नगरपालिका-६ का ४ र ६ वर्षका दुई बालकमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए।

यससँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन्। ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको निर्देशक दासले बताए।

काठमाडौँमा हैजा पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले पानीजन्य रोगबाट बच्नको निम्ति उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन पटक-पटक आग्रह गर्दै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ