२०८२ चैत्र १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशकमाथि कार्यकक्षमै कुटपिटको प्रयास

भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशकमाथि कार्यकक्षमै कुटपिटको प्रयास


काठमाडौँ – चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतममाथि आक्रमणको प्रयास भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतममाथि उनको कार्यकक्षमै हातपातको प्रयास भएको हो ।

सो घटना पछि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नपाल, केन्द्रीय समितिका महासचिव डा सन्तोष पौडेलले विज्ञप्ति जारी गरी घटनाको निन्दा गर्दै दोषी उपर कडा कारवाही गर्न प्रशासन र स्वास्थ्य मन्त्रालयसँगमाग गरेका छन्।

महासचिव पौडेलका अनुसार बिहीबार दिउँसो अस्पतालसँग असम्बन्धित व्यक्तिहरु डा.गौतमको कार्यकक्षमा प्रवेश गरी हुलहुज्जत गरेका थिए । उनीहरुले गौतममाथि हातपातको प्रयाससमेत गरेका थिए ।

माग पुरा नभए देशव्यापी रुपमा विरोध गर्ने डा पौडेलले चेतावनी समेत दिएका छन्। अस्पतालको कार्यकारी निर्देशक जस्तो व्यक्तिलाई गरिएको उक्त व्यवहारले अस्पतालका कर्मचारीले असुरक्षा महसुस गरेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ