२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार मोरङमा मधुमेह र उच्चरक्तचापका बिरामी बढ्दो

 मोरङमा मधुमेह र उच्चरक्तचापका बिरामी बढ्दो

 ४ हजारमा परीक्षण गर्दा १२ सय बढीलाई मधुमेह, ७ हजारमा १७ सय बढीलाई उच्चरक्तचाप


विराटनगर – मोरङको सुन्दरहरैचा नगरपालिका १० की ५९ वर्षीय कमला थापाले आफ्नै घरमा आएकी स्वयंसेविकाले सुगर जाँच गरिदिइन् । थापाकी श्रीमान ६० वर्षीय ललीन्द्र बहादुर थापाले वर्षौदेखि मधुमेहको औषधी सेवन गर्दै आएका थिए ।

थापाको घरमा पुगेकी स्वयंसेविका विष्णु कार्कीले कमलामा पनि मधुमेहको आशंका गरिन्, आफूसँग भएको ग्लुकोमिटरले जाँच गरिन । त्यसमा शुगर बढेको पाइएपछि नजिकको अस्पतालमा पठाइन् । अस्पतालमै चिकित्सकले थप परीक्षण गर्दा उनमा मधुमेह भएको पुष्टि भयो । थापाले अहिले मधुमेह नियन्त्रणका गर्न लागि परेकी छिन् ।

‘घरमा आउनुभएको स्वयंसेविका बहिनीले भन्नुभएर जचाएको थिए, अनि मधुमेह भएको थाहाँ भयो,’ थापाले भनिन्, ‘मधुमेह सुरूवाती चरणमा देखिएकोले यसको रोकथाम र नियन्त्रणको लागि खानपीनमा ध्यान दिएको छु ।’ स्वयंसेविका विष्णु कार्कीले सल्लाह दिएअनुसार थापाले खानेकुरामा पनि ध्यान दिन थालेकी छिन  ।

स्वयंसेविकामार्फत घरमै शुगर जाँच गर्न पाएकी थापाले अरुलाई पनि समय समयमा जाँच गर्न सल्लाह दिन्छिन् । ‘स्वयंसेविका बहिनी घरमै नआएको भए मलाई मधुमेह लागेको थाहै हुने थिएन,’ उनले भनिन्, ‘स्वयेंसविकाविहिनले गर्दा समयमै पत्ता लाग्यो, यसको रोकथाम र नियन्त्रणको लागि खानपिनमा ध्यान दिनेछु । मधुमेह त सबैले जचाइरहनुपर्ने रहेछ ।’

अहिले मोरङको चार स्थानीय तहमा स्वास्थ्य कार्यालय मोरङले स्वयंसेविका खटाएर सामुदायमा आधरित मधुमेह तथा उच्चरक्तचाप रोगको नियन्त्रण तथा व्यवस्थापन अभियान सुरु गरेको छ । उक्त, अभियानमार्फत मधुमेह तथा उच्चरक्तचाप रोगको पहिचान र नियन्त्राणको अभियानमा स्वयंसेवीकाहरू लागि परेका छन् । स्वास्थ्य कार्यालय मोरङले सुन्दरहरैचा, लेटाङ नगरपालिका, धनपालथान र जहदा गाउँपालिका गरि चार स्थानिय तहमा अभियान सुरू गरिएको स्वास्थ्य कार्यालय प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

‘खानपिनमा ध्यान नदिंदा रोगले भित्रभित्रै  आक्रमण गरिसकेको हुन्छ । सोही कारणले समयमै रोग पत्ता लगाएर मधुमेह र उच्चरक्त्तचापको रोकथाम र नियन्त्रणको लागि प्रराम्भिक चरणमा चार स्थानीय तहहरूमा अभियान सुरू भएको छ,’ कार्यालय प्रमुख डा. मेहताले भने, ‘अहिले सुरू भएको स्थानिय तहहरूमा मधुमेह र उच्चरक्तचापका बिरामीहरू पनि देखिएको छ ।’

गाउँघरमा देखिएका बिरामीको रोगको पहिचान गर्ने र स्वास्थ्यकर्मीहरूसँग राय सुझाव लिएर रोगको रोमथाम र नियन्त्रण गरिन तालिम दिएर दक्ष स्वयंमसेविकालाई फिल्डमा खटाएको उनले बताए । स्वयंमसेविकाहरूले नसर्ने रोग सम्बन्धि पाइलट कार्यक्रम अन्र्गत समुदायमा आधारित मधुमेह तथा उच्च रक्तचाप रोगको नियन्त्रण तथा व्यवस्थापन कार्यक्रम सुरू भएको उनले बताए ।

७८ जना स्वयंसेविकाले गरेको परीक्षणमा चार स्थानिय तहमा ४ हजार ९३२ जना सुगर जाँच गर्दा १ हजार २ सय ४९ जनामा मधुमेह रोग देखिएको स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत शेखर कुमार यादवले बताए । सबैभन्दा बढी सुन्दरहरैचामा परीक्षण भएको छ । सुन्दरहरैचामा १ हजार ८ सय ३० जनाको सगर परीक्षण गर्दा ४ सय ९८ जनामा मधुमेह रोग देखिएको छ । यस्तै, ३ हजार ३ सय ७८ जनामा रतचाप जाँच गर्दा ६ सय ७१ जनामा उच्च रक्तचाप देखिएको यादवले बताए । यस्तै लेटाङ नगरपालिकामा १ हजार २ सय ९ जनाको सुगर परीक्षण गर्दा २ सय १७ जनामा मधुमेह र १ हजार ३८ जनामा रक्तचापको परीक्षण गर्दा २ सय ७० जनामा उच्चरक्तचाप देखिएको स्वास्थ्य कार्यालयको अभिलेखमा देखिन्छ ।

यसैगरी जहदामा १ हजार ५ जनामा सुगर जाँच गर्दा २ सय ८३ जनामा मधुमेह र १ हजार २ सय ४७ जनाको  प्रेसर जाँच गर्दा ४ सय २९ जनामा उच्चरक्तचाप देखिएको छ ।  धनपालथान गाउँपालिका भित्र ८ सय ८८ जनाको सुगर जाँच गर्दा १५१ जनामा मधुमेह र १ हजार ४ सय ३३ जनाको प्रेसर जाँच्दा ३४५ जनाको मधुमेह रोग देखिएको जनस्वास्थ्य अधिकृत यादवले जानकारी दिए ।

‘ग्लुकोमिटरमा जाँच गर्दा सुगर लेबल ७ भन्दामाथि देखिएमा मैले चिकित्सककोमा जाँच गर्न जान सल्लाह दिन्छु, धेरैजस्तो जानुहुन्छ,’ उनले भनिन्, ‘खानपिनमा पनि ध्यान दिन सुझाव दिने गरेको छु ।’

उनले सल्लाह दिएर आफूलाई मधुमेह भएको जानकारी पाएका व्यक्तिहरु अहिले नियमित चिकित्सकको परामर्श र औषधि लिएर सुगर नियन्त्रण गरिरहेका छन् ।

स्वयमसेविका कार्कीले मधुमेह पहिचान गरेका व्यक्तिहरुमा आँखा नदेख्ने, भोक धेरै लाग्ने, थकाइ लाग्ने, शरीर भारी हुने लक्षणहरु सुनाएका थिए । उनीहरूलाई तीन दिनको तालिम दिएपछि अहिले मधुमेह र रक्तचापको जाँच गर्न ग्रामिण बस्तीहरूमा पुग्ने गरेका छन् । तालिम लिएपछि ७८ जना स्वयंमसेवीकाहरुलाई ग्लुकोमिटरमार्फत सुगर परीक्षण गर्नका लागि ग्लुकोमिटर उपलब्ध गराएको छ । उनीहरुले आफ्नै टोल छिमेकमा रहेका स्थानीयको सुगर जाँच गर्दै आइरहेका छन् ।

स्वयंसेविकाले घरआँगनमै पुगेर सुगर र प्रेसरको जाँच गर्नुका साथै मधुमेह र उच्चरक्तचापका विषयमा चेतना फैलाउने काम पनि गर्दै आइरहेका छन् । ‘समुदायमा आधारित कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरि रोग पहिचान, सचेतना तथा पराशर्म र रोग लागेकाहरुलाई अस्पतालसम्म रेफर गर्ने काम भइरहेको छ,’ जनस्वास्थ्य अधिकृत यादवले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ