२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंमा प्रभावकारी भएन लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान

काठमाडौंमा प्रभावकारी भएन लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान


काठमाडौ–साउन महिनाबाट उपत्यकामा डेंगुको प्रकोप सुरु भएसंगै सरकारले नियन्त्रणकालागि सुरु गरेको लामखुट्टेको लार्भा र अण्डा खोज्ने र नष्ट गर्ने अभियान काठमाडौमा प्रभावकारी नभएको स्वास्थ्यका अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्य कार्यालय काठमाडौंले १ भदौ देखी ५० जना स्वयमसेवक परिचालन गरि लामखुट्टेको लार्भा र अण्डा खोज्ने अभियान सुरु गरेको थियो ।

स्थानिय तहसँग समन्वय गरी लामखुट्टेका लार्भा र अण्डा नष्ट गर्ने अभियान चलाइए तापनि सोचे अनुरुप प्रगती हुन नसकेको जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले जानकारी दिए । ‘भदौ १ बाटा लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरीएको हो ।’ उनले भने ‘यो हामीले मात्र गर्न सम्भव छैन, स्थानीय तहसँगको सहकार्यमा संचालन भएको थियो तर सोचे अनुरुप प्रगती हुन सकेन ।’

लार्भा खोज्न र नष्ट गर्नको लागि सरकारले स्थानीय तहलाई बजेट छुट्याएको थियो । ‘कतै कति अहिले पनि भइरहेको छ ।’ अधिकारीले भने ‘तर नगरपालिकाहरुको कमजोरी देखियो, उहाँहरुको प्राथमिकतामा नपरेको पाइयो ।’

काठमाडौ जिल्लामा १० बट नगरपालिकाले कामको रिपोर्टिङ गरे तापनि २ बटा नगरपालिकाले काम गरेको देखियो । रिपोट आएसँगै नगरपालिका का मेयर ,उपमेयर ,प्रमुख कार्याकारी अधिकृत लगायत देखी स्वास्थ्य शाखाका प्रमुखहरु राखेर छलफल पनि गरेको अधिकारी बताउछन् । ‘छलफल पछि खोज र नष्ट कार्यक्रमलाई फेरी तिब्रता दिने भनियो । त्यो अनुसार नगरपालिकाले बजेटहरू पनि आफै छुट्यायो ।’ प्रमुख अधिकारी भन्छन् ‘खोज र नष्ट कार्यक्रमले यो केहि हद सम्म नियन्त्रण त भएको हो ।’

डेंगु नियन्त्रणको काम नगरपालिकाको हो । यो काम निरन्तर हुनु पर्ने काम हो । डेंगु जनस्वास्थ्य संग जोडिएका कारण जनप्रतिनिधिले यसको नेतृत्व लिनुपर्ने स्वास्थ्यका अधिकारीहरु बताउछन् । ‘नगरपालिका ले नै टोल टोल घर घर मा गएर गर्ने काम हो ।’ अधिकारीले भने ‘तर अहिले स्वास्थ्यकर्मी मात्रै परिचालन बढी गरेको देखियो । यसमा सबै घर घर बाट सबै व्यक्ति हरु परिचालन हुनु पर्ने हो ।’

जनस्वास्थ्य कार्यालयले खोज र नष्ट कार्यक्रमलाई नै निरन्तरता दिनको लागि आइतवार जिल्ला प्रशासन कार्यालयमा स्थानिय तहका व्यक्तित्वहरु र स्वाथ्य निकायका लाई बोलाएर छलफल गरिएको प्रमुख वसन्त अधिकारीले बताए ।

काठमाडौ जिल्लाको शनिवार सम्म ८ हजार १ सय ३६ मा डेंगु पुष्टी भएको छ । काठमाडौ महानगरपालिका, गोकर्णेश्वर र टोखा नगरपालिकामा डेंगु लाग्नेको संख्या बढी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ