२०७८ असोज ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमानसरोवर पर्यटकलाई चिकित्सा टोली

मानसरोवर पर्यटकलाई चिकित्सा टोली


जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले भारतीय पर्यटकको स्वास्थ्य समस्या दृष्टिगत गरी चिकित्सकको टोली हुम्लाको हिल्सा नाकामा खटाएको छ । मानसरोवर जाने पर्यटकको चाप बढेसँगै स्वास्थ्य समस्या न्यूनीकरण गर्न अस्पतालले सो नाकामा चिकित्सक खटाएको हो ।

लेक लाग्ने कारण पर्यटक बिरामी पर्न सक्ने भएकाले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा विशेषज्ञ चिकित्सक डा सूर्यमान लिम्बूको नेतृत्वमा चार जनाको टोलीलाई अस्पतालले बिदाइ ग¥यो ।

टोलीमा डा अविजित मिश्र, स्टाफ नर्स सावित्री केसी र अहेव नन्द खत्री छन् । “भारतीय पर्यटकको स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै कर्णाली प्रदेश सरकारले चिकित्सकको टोली पठाइदिन पत्राचार गरेको थियो,’ रजिष्ट्रार विश्वराज काफ्लेले भने, ‘पत्रअनुसार चार महीनासम्म बस्ने गरी टोली खटाइसकेका छौँ ।”


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)