गृहपृष्ठ ∕ समाचार ∕ दुई महिनादेखि अस्पताल सरसफाइमा मेडिकल सुपरिन्टेण्डेण्ट (फोटो फिचरसहित) दुई महिनादेखि अस्पताल सरसफाइमा मेडिकल सुपरिन्टेण्डेण्ट (फोटो फिचरसहित) हेल्थ आवाज बुधबार, २०७६ कात्तिक ६ गते, १३:१५ मा प्रकाशित विराटनगर-कोही झाडु लगाउन, कोही फोहर भएको माटोलाई हटाउन पाइपमा आएको पानीको साहरामा कंक्रिट पखाल्न व्यस्त छन् । सबैको हातमा गलफ र मुखमा माक्स लगाए छन् । त्यही भिडमा विराटनगरस्थित कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट (मेसु) डा. गुणराज लोहनी पनि छन् । उनी कोशी अस्पताल परिसर सरफाइमा सक्रिय भएर खटिरहेका छन् । सफाइमा मेसु लोहनी आफै लागेको देखेर अस्पताल आएका सेवाग्राही पनि छक्क मान्दै उनलाई हेर्दै हिड्छन् । मंगलबार विहान सात बजे कोशी अस्तपाल परिसर पुग्दा यस्तै दृश्य देखियो । ‘सरसफाइ भनेको आफैंबाट हुनुपर्दछ,’ अन्य कर्मचारीको मनोबल बढाउँदै मेसु लोहनीले भन्दै थिए, ‘सरसफाइ गर्ने हाम्रो जिम्मेवारी र दायित्व पनि त हो ।’ विरामीलाई सेवा प्रदान गर्ने अस्पताल सधै स्वच्छ सफा र हाराभारा हुनुपर्ने धारणा राख्ने डा. लोहनी कोशी अस्पताल परिसर सरसफाइको अभियानमा लागेको दुई महिना पुरा भएको छ । ‘म आएदेखिको अस्पतालको सफाइ अभियानमा लागेको छु,’ हेल्थ आवजसँग भने । आफै अग्रसर भएर सरसफाइ अभियानमा लागेपछि अन्य सहकर्मीहरूले पनि साथ दिएका छन् । स्वास्थ्य सेवा विभागको महानिर्देशक भएका डा. लोहनी गत भदौ १ गतेदेखि कोशी अस्पतालको सुपरिन्टेण्डेण्टको जिम्मेवारी लिएर आएका थिए । कोशीको मेसुको जिम्मेवारी समालेको भोलीपल्ट गत भदौ २ गतेदेखि सुरु गरेको अस्पताल सफाइ अभियान अहिले पनि निरन्तरता छ । ‘सरसफाइ अभियान सुरु भएको दुई महिना पुरा भएको छ । पहिलेको भन्दा अहिले सरसफाइमा सुधार भएको सेवाग्राहीलाई महशुस हुन थालेका छन्,’ उनले भने । ‘सेवेरै उठछु । नृत्यकर्म पूरा गर्छु । केही समय मनिङ्गवाक पूरा गरेपछि अस्पताल परिसर सफाइमा लागि पर्दछु,’ उनले भने, ‘आफु आएपछि अरू कर्मचारीले पनि साथ दिने गर्दछन् ।’ आफु अग्रसर भएर लागेपछि अरूलाई पनि सफाइ गर्नुपर्ने धेय हुने गरेको उनी बताउँछन् । ‘बिकसित मुलकुका प्रोफेसरहरू काम गर्दै आफै सरसफाइमा अग्रसर भएर लागि पर्दछन् । काम भनेको ठूलो सानो भन्ने हुदैन,’ उनले भने, ‘सरसफाइ हाम्रो कर्तब्य हो ।’ अस्पताल भनेको हामी सबैको भएकोले यो सधै सफा हुनुपर्ने उनी बताउँछन् । कोशी अस्पताल १ सय ५० शैयाँको स्वीकृत प्रदान भएपनि विरामीको चापको कारण ३ सय ५० बेड संचालन रहेको छ । यहाँ दैनिक ओपीडिमा १ हजार जना विरामीले सेवा लिने गरेको अस्पतालको अभिलेखमा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शेखर समूहका कारण स्वास्थ्य मन्त्रालय आज पनि मन्त्री नपाउने जनरल सेवा विस्तारपछि डायलाइसीस सेवामा केन्द्रीत संक्रामक अस्पताल एउटै गाउँका १४५ जनाको पाठेघरको जाँच गर्दा २६ जनामा पाठेघरको… डा. भगवानको अस्पताललाई अधिकारी दम्पत्तिद्वारा २ करोड ५० लाख सहयोग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मन्त्री पाउँदैं स्वास्थ्य मन्त्रीमा मोहन बहादुर बस्नेत पक्का धेरै पढिएका १ उमेर अनुसार कति हुनुपर्छ तौल ? २ अनुहारमा आइस क्युब प्रयोग गर्दा ध्यान दिनुपर्ने ४ कुरा ३ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वीर अस्पतालले टेलिमेडिसिन सेवा दिने ४ यस्ता छन् काजुयुक्त दूध सेवनका ५ फाइदाहरु ५ यी हुन् मुटु रोगका १२ वटा प्रमुख लक्षणहरु ६ तौल घटाउन अपनाउनुस् यी ५ टिप्स ७ यस्ता छन् स्ट्रबेरी खानुका फाइदा ट्रेण्डिङ प्रियंका चोपडाले ३० वर्षको उमेरमै डिम्ब फ्रिज गराएकी थिइन्, डिम्ब फ्रिज गर्दा के हुन्छ ? यसको प्रक्रिया के छ ? गर्मीका लागि उपयुक्त ५ फ्रुट्स फेस प्याक पेटको समस्या हटाउन मलासन योग कसरी गर्ने ? एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ उमेर अनुसार कति हुनुपर्छ तौल ? तौल घटाउन अपनाउनुस् यी ५ टिप्स स्वास्थ्य मन्त्रीमा मोहन बहादुर बस्नेत पक्का जनरल सेवा विस्तारपछि डायलाइसीस सेवामा केन्द्रीत संक्रामक अस्पताल प्रियंका चोपडाले ३० वर्षको उमेरमै डिम्ब फ्रिज गराएकी थिइन्, डिम्ब फ्रिज गर्दा के हुन्छ ? यसको प्रक्रिया के छ ? गर्मीका लागि उपयुक्त ५ फ्रुट्स फेस प्याक पेटको समस्या हटाउन मलासन योग कसरी गर्ने ? एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ उमेर अनुसार कति हुनुपर्छ तौल ? तौल घटाउन अपनाउनुस् यी ५ टिप्स स्वास्थ्य मन्त्रीमा मोहन बहादुर बस्नेत पक्का जनरल सेवा विस्तारपछि डायलाइसीस सेवामा केन्द्रीत संक्रामक अस्पताल