२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशरुकुमपश्चिमको आठविसकोटमा निःशुल्क स्वास्थ्य शिविर 

रुकुमपश्चिमको आठविसकोटमा निःशुल्क स्वास्थ्य शिविर 


सुर्खेत – रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शान्ति नेपाल र नगरपालिकाको संयुक्त लगानीमा महिलाहरूको निम्ति प्रजनन रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । फागुन २८ र २९ गते सञ्चालित उक्त शिविर सम्पन्न भएको हो ।

शिविरमा  ४३० जना महिलाहरूलाई जाँच गरिएको, जसमध्ये भिआइए  २१० जना, रिङ्ग पेसरी सेवा ७ जना , अल्ट्रासाउन्ड सेवा ११० जना, शङ्कास्पद पाठेघरको मुखको क्यान्सर १० जना, आङ खसेको ३ जना महिलाको जाँच गरिएको नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणीराज शाहले जानकारी दिए ।

नर्सिङ निरीक्षक बिनिता बिष्ट, स्त्रीरोग रोग विशेषज्ञ डा। केहल बिक्रम जिसी, डा। राजकुमार भुजेल, डा। नितेश महत्तो, वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक हृदयकली पौडेल लगायतका स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको टिम, आठविसकोट नगर अस्पतालमा कार्यरत डा। संयमचन्द्र घिमिरे लगायतले स्वास्थ्य जाँच गरेको प्रशासकीय अधिकृत शाहले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ