२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पतालमा जडान भयो पूर्वी एसियाकै नयाँ प्रविधिको सोलार प्यानल

कर्णाली प्रदेश अस्पतालमा जडान भयो पूर्वी एसियाकै नयाँ प्रविधिको सोलार प्यानल


वीरेन्द्रनगर—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सहयोगमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पूर्वी एसियाकै ठूलो सोलार प्यानल जडान भएको छ । आइतबार एक कार्यक्रमका बीच कर्णाली प्रदेश अस्पताल सुर्खेतमा निर्माण भएको सोलार प्यानल अस्पताललाई हस्तान्तरण गरिएको हो ।

अस्पतालमा १५० किलोवाट क्षमताको सोलार प्यानल जडानले गरेर हस्तान्तरण गरिएको छ । दक्ष जनशक्ति भएपनि पूर्वाधार नभएमा स्वास्थ्य सेवा दिन समस्या हुने गरेको अस्पतालका निर्देशक डा.डम्बर खड्काले बताए । ‘कोभिड–१९ बेला विजुली बत्ती नहुँदा ठूलो समस्या भोगेका थियौं । विद्युतको अभावमा हामीले चाहेर पनि सेवा दिन समस्या भएको थियो,’ उनले भने, ‘विद्युतको अभावमा भोग्ने परेको समस्या सोलार प्रविधिले समाधान गर्नेछ ।’

विगतमा विद्युत अनियमित हुँदा अस्पतालमा अक्सिजन प्लाष्ट, अप्रेशन थिएटर, एक्सरेलगायतका सेवा दिन समस्या हुने गरेकोमा अब सोलार प्यानल जडानले सहज बनाउने विश्वास लिएको अस्पतालका निर्देशक डा. खड्काले व्यक्त गरे । ‘विद्युत अनियमित हुँदा आउने समस्या अब समधान हुने भएको छ,’ उनले भने, ‘अस्पतालले सेवा विस्तार गर्दै गएको अवस्थामा सोलार प्रविधीले सहजता ल्याउनेछ ।’

कर्णाली प्रदेश अस्पतालमा जडान गरिएको सोलार प्रविधी दक्षिण पूर्वी एसियामा पहिलो र अत्यन्तै नयाँ प्रविधी जडान भएको विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी राजेश सम्भाजीराव पाण्डवले बताए । ‘यसको प्रयोगले कर्णाली र नेपालमा मात्र नभएर विद्युत आपूर्तिको समस्या भएका अन्य मुलुकका लागि पनि महत्वपूर्ण सिकाइ हुनेछ,’ उनले भने, ‘यो प्रविधीले स्वास्थ्य क्षेत्रमा हुने विद्युत् आपूर्तिको समस्या समधान गर्नेमा विश्वास लिएका छौं ।’

सोलार प्यानल जडानपछि अक्सिजन प्लयान्टलगायत अन्य सेवा सञ्चालनमा सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ