२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपूजाको प्रसाद खाँदा सल्यानमा झण्डै २ सय जना बिरामी

पूजाको प्रसाद खाँदा सल्यानमा झण्डै २ सय जना बिरामी


सुर्खेत – सल्यानमा पूजाको प्रसाद खाँदा सल्यानमा एकै गाउँका झण्डै २ सय जना बिरामी परेका छन् । जिल्लाको बाग्चौर नगरपालिका–५ धारापानीस्थित बाहुनठाना गाउँका पूजाको प्रसाद खाँदा बिरामी परेका छन् ।

स्थानीय प्रेमबहादुर खत्रीको घरमा लगाइएको सत्यनारायणको पूजाको प्रसाद खाएर उनीहरू बिरामी परेका हुन् ।

बिरामी भएकामा झाडापखाला, पेट दुख्ने, चक्कर लाग्ने, ग्यास बढ्ने समस्या देखिएको स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी भुवन पुनले बताए ।

‘फुड पोइजनका कारणले बालबालिका, बूढाबूढी तथा वयस्क सबै प्रभावित भएका छन्, ’उनले भने,‘बिरामी परेकालाई उपचार गरेपछि झाडापखाला ठिक भएको तर पेट दुख्ने, ग्यास बढ्ने र चक्कर लाग्ने समस्या भने पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन ।’

बिरामी भएका सबैलाई उपचारको लागि नगरपालिकाले स्वास्थ्यकर्मी लगायत औषधिको व्यवस्था गरेको बाग्चौर नगरपालिकाका स्वास्थ्य प्रमुख हरिबहादुर कठायतले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ