२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालीकोटका कोभिड–१९ विरुद्धको बुस्टर खोप दिइदैं

कालीकोटका कोभिड–१९ विरुद्धको बुस्टर खोप दिइदैं


वीरेन्द्रनगर—कालीकोटका कोभिड–१९ विरुद्धको वुस्टर खोप दिइने भएको छ । पहिलो र दोस्रो मात्रा वा पूर्ण मात्रा लगाएको तीन महिना पूरा भएकाको लागि पहिलो वुस्टर मात्रा र पहिलो बुस्टर मात्रा लगाएको छ महिना पुरा भएकाहरुकाको लागि दोस्रो वुस्टर मात्रा खोप दिइने भएको हो ।

चैत्र २७ गतेदेखि २९ गतेसम्म सान्नी त्रिवेणी गाउँपालिका, शुभकालिकामा र चैत २८ गतेदेखि ३० गतेसम्म महावै गाउँपालिकाका सबै वडाका खोप केन्द्रहरुमा कोभिड–१९ विरुद्धको खोप फाइजरको वुस्टर मात्रा लगाउने अभियान सुरु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कटकबहादुर महतले जानकारी दिए ।

‘हामी आ–आफ्नो पायक पर्ने खोप केन्द्रमा गई लक्षित समूहले खोप लगाउन हुन अनुरोध गरेका छौं,’ उनले भने,‘जिल्लाभरमा अभियानका रुपमा नै कोभिड–१९ विरुद्धको खोप दिने कार्यक्रम राखेका छौं ।’

कोभिड–१९ विरुद्धको वुस्टर खोप ५५ बर्ष उमेर माथिका सबै, स्वास्थ्यकर्मीहरु, गर्भवती महिला, १२ वर्ष माथिका दीर्घ रोगी र रोग प्रतिरोधात्मक शक्ति कम भएका सबैलाई खोप दिइने प्रमुख महतले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ