२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजिल्ला अस्पताल हुम्लामा विपन्न बिरामीको निःशुल्क उपचार

जिल्ला अस्पताल हुम्लामा विपन्न बिरामीको निःशुल्क उपचार


सुर्खेत – जिल्ला अस्पताल हुम्लाले आफैँ उपचार गर्न नसक्ने लक्षित वर्गका विरामीको निःशुल्कदेखि छुुटमा उपचार सुरु गरेको छ । अस्पतालमा स्थापना भएको सामाजिक सुरक्षा इकाईले गाउँपालिकाले वर्गीकरण गरेका लक्षित वर्गका सेवाग्राहीको उपचारमा निःशुल्क सेवा प्रदान गरेको हो ।

सरकारको लक्ष्यअनुुसार लक्षित वर्गका सदस्यहरुलाई निःशुल्कदेखि छुुटमा उपचार सेवा प्रदान सुुरु भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुुख प्रेमबहादुुर सिंहले बताए । ‘अस्पतालमा सामाजिक सुरक्षा इकाई खडागरी गाउँपालिकाले पहिचान गरेर पठाएको बिबरणका आधारमा निःशुल्क उपचार सेवा प्रदान गर्न सुुरु गरिएको छ ।’ उनले भने,‘यसका लागि संघीय सरकारले छुुट्टै कोषको समेत ब्यवस्था गरेको छ ।’

गाउँपालिकाले उपलब्ध गराएको रातो कार्ड, विपन्न भएको सिफारिस, अति गरिवका लागि उपचारमा पूर्ण रुपमा निःशुल्क उपचार हुने निमिक्त प्रमुख सिंहले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ