२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशखलंगामा निःशुल्क आँखा शिविर, २४१ जनाको शल्यक्रिया

खलंगामा निःशुल्क आँखा शिविर, २४१ जनाको शल्यक्रिया


जुम्ला – जुम्लाको सदरमुकाम खलंगामा चन्दनाथ आँखा उपचार केन्द्रले संचालन गरेको निःशुल्क आँखा शिविरमा २४१ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया भएको छ । जिल्लामा संचालित ३ दिने निःशुल्क शिविरमा मोतियाविन्दु सम्बन्धी समस्या भएका विरामीको शल्यक्रिया गरिएको हो ।

शिविरमा ८२३ जनाले आँखा चेकजाँच गरेका छन् । जुम्लामा संचालन भएको ३ दिने शिविरमा पहिलो दिनमा ९३ जना दोस्रो दिनमा ११६ जना र तेस्रो दिनमा ३२ जनाको शल्यक्रिया भएको एकीकृत आँखा कान तथा स्वास्थ्य कार्यक्रमका जिल्ला संयोजक मिना आचार्यले बताइन् ।

उनका अनुसार नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग, राप्ती आँखा अस्पताल तुलसिपुर दाङ, कर्णाली स्वास्थ प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा उपचार केन्द्र जुम्लाले शिविर सञ्चालन गरेको हो ।

नेत्ररोग विशेषज्ञ डा.सन्तोष सुबेदी र डा. विश्वराज तिमल्सिना नेतृत्वमा आएको प्राविधिक टोलीले सेवा दिएको शिविरमा जुम्लाका ६ पालिका सहित छिमेकी जिल्ला कालिकोटवाट समेत बिरामी आएका थिए ।

नेपाल नेत्रज्योति संघ जुम्लाका अध्यक्ष धनबहादुर बस्नेतका अनुसार जुम्लामा लामो समय देखि नेपाल नेत्रज्योति संघले मोतियाविन्दुका विरामीको उपचार गर्दै आएको बताए । उनले भने जेष्ठ नागरिकको टिम लामो समय देखि शिविर संचालन गरेर सेवा दिईरहेको छ ।

जेष्ठ नागरिक कालिबहादुर महतले आखा शिविर मानवीय सेवा भएकाले जुम्लामा सञ्चालन गर्दै आईरहेको बताए । यसका साथै निःशुल्क आखाँ शिविर सिंजा क्षेत्रको कनकासुन्दरीमा संचालन गरिने भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ