२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसिंजा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

सिंजा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा


जुम्ला – सिंजा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । यस पालिका भित्रका ६ वडाका सवै खोप लगाउने उमेर समुहका बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता गरिएको हो ।

पूर्ण खोप जिल्ला घोषणा भएपनि शून्यदेखि २३ महिना भित्रका बालबालिका पूर्ण खोप पाए नपाएको सुनिश्चित गर्नका लागि हरेक वर्ष खोप सुनिश्चिता गर्नुपर्ने व्यवस्था रहेको सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए । ‘खोपबाट धेरै किसिमका रोगबाट बच्ने भएकाले हरेक बालबालिका नछुटाएर खोप लगाउनु पर्ने हुन्छ । खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको छ,’ उनले भने, ‘अहिले बालबालिका खोज र खोप भन्ने नीति रहेको छ । कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट बञ्चित हुनु हुँदैन भन्ने मान्यता रहेको छ ।’

धाँपा स्वास्थ्य चौकीमा शून्यदेखि १५ वर्षसम्मका ४१ जना र १६ देखि २३ महिनासम्म ४६ जनालाई पूर्ण खोप लगाएको छ । आधारभुत स्वास्थ्य केन्द्र विष्टवाडामा शून्यदेखि १५ महिनासम्मका २९ जना र १६ देखि २३ महिनासम्मका ३१ जनालाई पूर्ण खोप लगाएको हो । नरोकोट स्वास्थ्य चौकीमा शून्यदेखि १५ महिनासम्मका ४३ जना र १६ देखि २३ महिनासम्मका ४५ जनालाई खोप लगाएको सिंजा गाउँपालिका जुम्लाले जनाएको छ ।

यस्तै आधारभुत स्वास्थ्य केन्द्र देविडाडामा शून्यदेखि १५ महिनासम्मका १४ जना र १६ देखि १६ महिनासम्मका २६ जना र १६ देखि २३ महिनासम्मका ३३ जना बालबालिकालाई पूर्ण खोप लगाएको छ ।

शनिगाउँ स्वास्थ्य चौकीमा शून्यदेखि १५ महिनासम्मका ३५ जना र १६ देखि २३ महिनासम्मका ४१ जना बालबालिकालाई खोप लगाएको हो । त्यस्तै, आधारभुत स्वास्थ्य केन्द्र दातमा शून्यदेखि १५ महिनासम्मका ३८ जना र १६ देखि २३ महिनासम्मका ४० जनाले खोप लगाएको हुन् ।
शून्यदेखि १५ महिनाका २१२ जना र १६ देखि २३ महिनासम्मका २३७ जना गरी ४४९ जनालाई पूर्ण खोप लगाएर पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।

सिंजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालका अनुसार यहाँका सबै वडाका खोप उमेर समुहका बालबालिकाले पूर्णखोप लगाएको हुनु पर्नेछ । खोपले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएका कारणले अभिभावकले पनि आफ्ना बालबालिका खोप पाए नपाएको एकिन गर्नुपर्ने र कुनै पनि खोप छुटाउनु हुँदैन् । स्वास्थ्य र शिक्षा क्षेत्रमा स्थानीय सरकार संवेदनशील भएको गाउँपालिका उपप्रमुख सितली रोकायाले बताइन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ