२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहाँडसिंजामा निःशुल्क आँखा शिविर : ३९२ जनाको परीक्षण 

हाँडसिंजामा निःशुल्क आँखा शिविर : ३९२ जनाको परीक्षण 


जुम्ला – जुम्लाको सिंजा उपत्यकास्थित कनकासुन्दरी गाउँपालिकाको हाँडसिंजा स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविरमा ३९२ जनाको चेकजाँच गरिएको छ । बैशाख ९ र १० गते सञ्चालन गरिएको शिविरमा ३९२ जनाको आँखा परीक्षण र ८९ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको हो ।

ज्येष्ठ नागरिकको सहजताका लागि स्थानीय स्तरमा आँखाको शिविर सञ्चालन गर्ने पालिकाले नै व्यवस्थापन गरेको गाउँपालिका प्रमुख दामोदर प्रसाद आचार्यले बताए ।

नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग, राप्ती आँखा अस्पताल तुलसीपुर दाङ, कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र जुम्लाले शिविर सञ्चालन गरेको हो । नेत्ररोग विशेषज्ञ डा.सन्तोष सुबेदी र डा. विश्वराज तिमल्सिना नेतृत्वमा आएको प्राविधिक टोलीले सेवा दिएको स्वास्थ्य चौकी इन्चार्ज विरेन्द्रप्रसाद उपाध्यायले बताए ।

नेपाल नेत्रज्योति संघ जुम्लाका अध्यक्ष धनबहादुर बस्नेतका अनुसार जुम्लामा लामो समय देखि नेपाल नेत्रज्योति संघले मोतिया विन्दुका बिरामीको उपचार गर्दै आएको बताए । उनले भने ज्येष्ठ नागरिकको टिम लामो समय देखि शिविर सञ्चालन गरेर सेवा दिइरहेको छ । स्थानीयस्तरमै पुगेर शिविर सञ्चालन गरी सेवा प्रवाह गर्ने गरेका छौँ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ