२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्यकर्मीमाथि दुर्व्यवहारपछि महाबु अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारपछि महाबु अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प


जुम्ला—दैलेखको महाबु अस्पतालले इमर्जेन्सी ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भन्दै आकस्मिकबाहेकका सेवा अनिश्चित समयका लागि बन्द गरिएको छ । शुक्रबार साँझ एक समूहले ड्युटीमा खटिएका स्वास्थ्यकर्मीहरु डा. आकाश कार्की, हेल्थ असिस्टेन्ट प्रेम परियार, अनमी रेजिना सिंह र अन्य स्वास्थ्यकर्मीलाई अस्पताल परिसरमा कोठामा थुनेर दुर्व्यवहार गरेका थियो ।

स्थानीय ३४ वर्षीया पुष्पा खनाल घरमा बेहोस भएर उपचारका लागि अस्पताल ल्याइएको थियो । अस्पताल पु¥याउँदा बेहोस नै रहेकी उनी उपचारपछि सामान्य अवस्थामा फर्किएकी थिइन् ।

अस्पतालमा उपलब्ध नभएका औषधि बाहिरबाट ल्याउन भनेपछि बिरामीका आफन्तले स्वास्थ्यकर्मीसँग विवाद सुरु गरेका थिए । त्यसपछि आफूलाई अश्लील गालीगलौज गर्नुका साथै कोठामा थुनेको उनीहरुले बताएका छन् ।

‘स्वास्थ्य संस्थाजस्तो अति संवेदनशील क्षेत्रमा हुने अराजक, अमानवीय व्यवहारको घोर भर्त्सना गर्दै पूर्ण सुरक्षाको ग्यारेन्टीसहित सहज रुपमा काम गर्ने वातावरण नभएसम्मका लागि अस्पतालको इमर्जेन्सीबाहेकका सम्पूर्ण सेवा अनिश्चित समयका लागि बन्द गरेको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा छ ।

दुर्व्यवहार गर्नेमाथि कारवाही गर्न माग

दैलेखको महाबु अस्पतालको इमर्जेन्सी ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारवाही गर्न माग गरिएको छ । २२ बैशाखमा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने नेपाल निजामती कर्मचारी युनियनले महाबु गाउँपालिका स्थानीय प्रकाश खनाल नेतृत्वको अपराधिक समूहलाई कानुनी कारवाहीको माग गरेको हो ।

एक समूहले अस्पतालमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीलाई अस्पताल परिसरमा खुलेयाम अश्लील गालीगलौज गरिएको छ ।

स्वास्थ्यकर्मीलाई ढुंगामुढा गरेर ज्यान मार्ने धम्की दिएकोप्रति ध्यानाकर्षण भएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्र उपाध्यक्ष तथा कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर खड्का बताए । उनले भने, ‘स्वास्थ्यकर्मीलाई इमर्जेन्सी वार्डमा ताला लगाएर ड्युटीमा खटिएको चिकित्सक, स्वास्थ्यकर्मीलाई बन्धक बनाएको घटना कुनै पनि हालतमा लम्य हुन सक्दैन् ।’ दुर्व्यवहारको विरोध गर्दै नेपाल स्वास्थ्यकर्मी संघ दैलेखले पनि विज्ञप्ति जारी गरेको छ ।

उनीहरुले दोषी उपर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि पहिलो संशोधन ऐन २०७२ बमोजिम कडाभन्दा कडा कानुनी कारवाही गर्न माग गरेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ