२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजाजरकोटमा सुत्केरी महिलाको चिसोका कारण मृत्यु

जाजरकोटमा सुत्केरी महिलाको चिसोका कारण मृत्यु


जुम्ला—जाजरकोटमा भूकम्प पीडित एक सुत्केरी महिलाको चिसोका कारण मृत्यु भएको छ । आइतबार नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला विक चदाराको चिसोका कारण मृत्यु भएको हो ।

उनी एक महिना अगाडि सुत्केरी भएकी थिइन् । भूकम्पले घर भत्किएपछि उनको त्रिपालमुनि बसाइँ भएको थियो ।

शर्मिलाको चिसोका कारण मृत्यु भएको नलगाड नगरपालिका–८ का वडा अध्यक्ष तेजबहादुर सिहले बताए ।

भूकम्पपछि पीडितहरुलाई खाना र न्यानो लत्ता कपडाको समस्या रहेको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ